शाहरुख खान दुई महिनापछि सुटिङ सेटमा फर्किए

काठमाडौँ । पुस ८, बलिउड अभिनेता शाहरुख खान दुई महिनापछि सुटिङ सेटमा फर्किएका छन् ।
छोरा आर्यन खान लागू औषध मुद्दामा मुछिएपछि उनी सुटिङको क्यामराबाट टाढिएका थिए । उनले बुधबार मुम्बईमा फिल्म ‘पठान’को छायांकन सुरु गरेका छन् ।
सुटिङमा फर्किएको शाहरुखको तस्बिरमा उनले कालो रंगको टी(सर्ट र लामो कपालका साथ देख्न सकिन्छ । आर्यन लागूऔषध मुद्दापछि सुटिङ सेटमा सुरक्षालाई बढाइएको छ । उनी मुम्बईमा आगामी २० दिनसम्म सुटिङ गर्नेछन्