बाजुरामा विद्यार्थीलाई विद्यालयमै मोडर्ना खोप

सहयात्रा टिभी

काठमाडौँ । पुस ९, बाजुरामा आजदेखि विद्यार्थीलाई विद्यालयमै कोरोनाविरुद्धको मोडर्ना खोप दिन थालिएको छ ।

बाह्र वर्षदेखि १७ वर्षमुनिका झण्डै २२ हजार बालबालिकामध्ये १६ हजार ८०६ जनाले मात्र खोप लगाउन पाउने भएका छन् । पाँच हजार ६०२ बालबालिका खोप लगाउनबाट वञ्चित हुने बताइएको छ ।

सरकारले मुलुकका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गरेसँगै बाजुरामा पनि आजदेखि मोडर्ना खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिए । नौ पालिकाका आधारभूत र माध्यमिक विद्यालयमा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिन सुरु गरिएको पन्तले बताए ।

प्रकाशित : 24 December, 2021

प्रतिक्रिया दिनुहोस्