दुबईमा कमेडी च्याम्पियन शो हुने

काठमाडौँ । पुस १३, अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर दुबईमा नेपाली कमेडी च्याम्पियन शो हुने भएको छ ।
कान्तिपुर होलिडेजको आयोजनामा ग्रिनलाई र फिस्टेल ट्राभल्सको प्रायोजनमा आउँदो डिसेम्बर ३१ मा कमेडी शो हुन लागेको हो।
कमेडी च्याम्पियन सिजन १ र २ का चर्चित कमेडियन क्रमशः हिमेश पन्त,सुमन कार्की,सुमन कोइराला भरतमणि पौडेल,विक्की अग्रवाल,सन्तोष थापा गायक शिव हमाल,गायिका समिक्षा अधिकारी,प्रशना पाण्डे,कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी लगायतका कलाकारहरु यूएई आउने आयोजकले बताएका छन्।