उद्यमी युवालाई सरकारले प्रोत्साहन दिनुपर्ने नेपालको माग

काठमाडौँ । पुस १४, नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच पार्टी एकीकरणको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले उद्यमी युवालाई सरकारले प्रोत्साहन दिनुपर्ने बताएका हुन्।
नेपालले दलाल पुँजीको दबदबा बढिरहेकाले देशमा मेहनत नगरीकन पैसा कमाउने प्रवृत्ति, रातारात अर्बपति बन्ने चाहना र लुटेर कमाउने प्रवृत्ति हुर्किरहेको भन्दै त्यस्ता प्रवृत्तिलाई समाप्त पार्नुपर्ने बताए।