देशका केही स्थानमा बिहानैबाट वर्षा र हिमपात

काठमाडौँ । पुस १५ , बिहानैबाट देशका केही स्थानमा वर्षा भैरहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भैरहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानामा हल्का हिमपात भैरहेको छ ।
काठमाडौंमा आज बिहान ६ बजे ६.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । दिउँसो १३ देखि १५ डिग्री सेल्सियससम्म पुग्नेछ मौसमविद् बासी बताउँछिन् ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सातवटै प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको उनले बताइन् ।
काठमाडौंमा भने आज वर्षाको सम्भाना न्यून रहेको छ ।