पर्यटक तान्न आकर्षक संरचना

सहयात्रा टिभी

काठमाडौँ । पुस १५ , इलाम पूर्वमा घुमघामका लागि उम्दा स्थल कन्याममा आन्तरिक पर्यटकको दिनहुँ घुइँचो हुन्छ ।

थुम्काथुम्का डाँडाकाँडामा हराभरा चियाबारीले सजिएको कन्याम त्यसै पनि मनमोहक छ । सदरमुकाम इलाम बजारको ऐतिहासिक चियाबारीभित्र हातको आकृति बनाइएको छ ।

चियाबारीको लभडाँडा भनेर चिनिने थलोमा पञ्जा फिँजाएको हातमा चढेर तस्बिर लिनेमा बच्चादेखि तन्नेरीसम्म हुन्छन् । १९२० सालमा नै मुलुकमै पहिलो पटक चिया रोपिएको यो क्षेत्र ऐतिहासिक र प्राकृतिक रूपले महत्त्वपूर्ण छ ।

 

 

प्रकाशित : 31 December, 2021

प्रतिक्रिया दिनुहोस्