सिँचाइ अभावमा ४० हेक्टर बाँझै

काठमाडौँ । पुस १५ , पर्सा — सिँचाइ अभाव र वन्जयन्तुले बाली नष्ट गर्दा ठोरी गाउँपालिका–१ सरस्वतीनगरको झन्डै ४० हेक्टर जग्गा बाँझो भएको छ ।
यही समस्याका कारण एक दशकयता यहाँका करिब १ सय घरधुरी बसाइँ सरेर अन्यत्र गइसकेका छन् । बाँझो छोडिएको खेतमा अहिले झाडी र बुट्यान उम्रेर जंगलजस्तै बनिसकेको छ ।