महिनामै आधा दर्जन बढी नेपाली फिल्म युट्युबमा

काठमाडौँ । पुस १६ , सिनेमा हल बन्द रहँदा युट्युबमा पनि नेपाली चलचित्र सार्वजनिक भएनन् । तर, पछिल्लो समय भने युट्युबमा धमाधम एकपछि अर्को चलचित्र सार्वजनिक भइरहेका छन् ।
दुई महिनायता युट्युबमा चलचित्र सार्वजनिक हुने क्रम ह्वात्तै बढेको छ । त्यसमा पनि अंग्रेजी वर्षको डिसेम्बर महिनामा बढी नेपाली चलचित्र युट्युबमा सार्वजनिक भएका छन् । डिसेम्बरमा अहिलेसम्म आधा दर्जन बढी नेपाली चलचित्र युट्युबमा अपलोड भएका छन् । त्यसमा केही पुराना चलचित्र समेत छन् ।