व्यापक विरोध प्रदर्शनपछि सुडानका प्रधानमन्त्री हम्दोकद्वारा राजीनामा

सहयात्रा टिभी

काठमाडौँ । १९ पुस, व्यापक प्रदर्शनपछि सुडानका प्रधानमन्त्री अबदुल्ला हम्दोकले पदबाट राजीनामा दिएका छन् । केही साताअघि सेनासँगको एउटा विवादास्पद सम्झौतापछि पुनः प्रधानमन्त्री भएका हमदुकले राजीनामा दिएका हुन् ।

अक्टोबरमा सेनाले शक्ति हातमा लिएर हम्दोकलाई घरमै नजरबन्दमा राखेको थियो । तर, ‘कु’ गर्ने सेनासँग शक्ति बाँडफाँडमा सम्झौता गरेपछि उनी पुनः प्रधानमन्त्री भएका थिए । प्रदर्शनकारीले सम्झौताको विरोध गर्दै नागरिक शासन माग गर्दै आएका थिए । दुई जनाको मृत्यु हुने गरी भएको प्रदर्शनको भोलिपल्ट पछि उनले राजीनामा दिएका हुन् ।

एउटा टेलिभिजन सम्बोधनमा हम्दोकले सुडान खतरनाक मोडमा पुगेको र यसले देशको अस्थित्व जोखिममा पारेको बताए । आफूले देशलाई विपदबाट जोगाउन धेरै प्रयास गरेको उनले दाबी गरेका छन् ।

सन् २०१९मा व्यापक विरोधपछि लामो समय सुडानको नेतृत्व गरेका ओमार अल–बशिरको सरकार अपदस्थ भएसँगै राजनीतिक दल र सेनाले एउटा असहज शक्ति साझेदारी सम्बन्धी सम्झौता गरेका थिए ।

सेनासँगको साझेधारीको सर्वसाधारणले विरोध गर्दै आएका थिए । – एजेन्सी

प्रकाशित : 3 January, 2022

प्रतिक्रिया दिनुहोस्