केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वाणिज्य बैंकहरुको निक्षेप एक सातामा १४ अर्बले बढ्यो

सहयात्रा टिभी

काठमाडौं । पुस २०, वाणिज्य बैंकहरुको निक्षेप पछिल्लो एक सातामा १४ अर्ब रुपैयाँले बढेको छ।

नेपाल बैंकर्स एसोसिएसन एनबीएको पुस १० गतेदेखि पुस १६ गतेसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको निक्षेप १४ अर्ब रुपैयाँले बढेको हो।

योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ। गत पुस ९ गतेसम्म बैंकहरुको कुल निक्षेप ४२ खर्ब ३५ अर्ब रुपैयाँ रहेको थियो।

यसैगरी वाणिज्य बैंकहरुको कर्जा लगानी पनि एक साताको अवधिमा ११ अर्ब रुपैयाँले बढेको छ। गत पुस ९ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ८८ अर्ब रुपैयाँ रहेकोमा पुस १६ गतेसम्म बढेर ४० खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ।

प्रकाशित : 4 January, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्