६६ हजार थान सिरिन्ज नेपाल आइपुग्यो

सहयात्रा टिभी

काठमाडौं । पुस २०, कोभिड १९ विरुद्धको फाइजर खोप दिनका लागि प्रयोग हुने ६ लाख ६६ हजार थान सिरिन्ज नेपाल आइपुगेको छ ।

कतार एयरलाइन्सको नियमित उडानमार्फत् आज दिउँसो सिरिन्ज नेपाल आइपुगेको हो । फाइजर खोपमा प्रयोग हुने ०.३ एमएलको सिरिन्ज अभाव हुँदा काठमाडौं उपत्यकासहित ८ जिल्लाका बालबालिकाले खोप पाउन सकेका थिएनन् ।

सिरिन्ज आएपछि केही दिनभित्रै ८ जिल्लामा फाइजर खोप कार्यक्रम सुरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित : 4 January, 2022

प्रतिक्रिया दिनुहोस्