कांग्रेसका १६ जिल्लाको अधिवेशन मिति फेरि सारियो

सहयात्रा टिभी

काठमाडौं । पुस २१, नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बाँकी रहेका १६ जिल्लाको अधिवेशन मिति अन्तिमपटक भन्दै सारिएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले निर्वाचन मिति पुनः सारेको हो । समितिका सदस्यसचिव केशव रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको मिति सारिएको जनाइएको छ ।

निर्वाचन समितिका अनुसार अब माघ १५ गते अधिवेशन गर्ने निर्णय भएको छ । यसअघि, यही पुस २७ गते अधिवेशनको मिति तय थियो ।राष्ट्रियसभा सदस्य निर्वाचनका कारण अधिवेशन सारिएको जनाइएको छ ।

 

प्रकाशित : 5 January, 2022

प्रतिक्रिया दिनुहोस्