केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य बढ्यो

सहयात्रा टिभी

काठमाडौं । पुस २१, आजको नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले उकालो लागेको छ ।

अघिल्लो दिन प्रतितोला रु ९२ हजार २०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ९२ हजार ८०० तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ३०० कायम गरिएको छ । मङ्गलबार यसको मूल्य प्रतितोला ९१ हजार ७०० रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २६० पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१५ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित : 5 January, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्