केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बिओके रेमिट खातामा ११ प्रतिशत ब्याज

सहयात्रा टिभी

काठमाडौं । पुस २१, बैंक अफ काठमाण्डूले विदेशमा बस्ने नेपालीहरूलाई लक्षित गर्दै बिओके रेमिट बचत खाता तथा मुद्दती खाता सार्वजनिक गरेको छ ।

‘श्रम विदेशमा, प्रतिफल स्वदेशमा’ भन्ने मुलनाराका साथ विदेशमा रहेका नेपालीहरूलाई बैंकिङ्ग सेवा प्रदान गर्न खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

विदेशमा बसेर श्रम गरिरहेका नेपालीले बचत तथा मुद्दती खाता बैंकको शाखामा खोल्न सक्नेछन् । उक्त खातामा ग्राहक वा खाता सञ्चालकले ११ दशमवल ०५ प्रतिशत वार्षिक ब्याजदर पाउने पनि बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : 5 January, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्