नेपालमा ओमिक्रोन भेरियन्टको संक्रमण बढेको हो ?

काठमाडौं । पुस २१, नेपालमा पछिल्ला केही दिनयता कोभिड १९ को संक्रमण बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ ।
काठमाडौं उपत्यकासहित केही सहरहरूमा सक्रिय संक्रमितको संख्या बढेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा कोभिड १९ को पछिल्लो भेरियन्ट ओमिक्रोन फैलिनसक्ने जोखिम बढेको भन्दै सतर्कताका लागि सम्बन्धित निकायहरूलाई सजग गराइरहेको छ ।
नेपालमा पुसका २० दिनमा ५ हजार ६१ जना कोभिड संक्रमित थपिएका छन् । पुस १९ गतेसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ९४ रहेकोमा सबैभन्दा धेरै काठमाडौं उपत्यकामा २ हजार २०८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।