केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एनएमबि बैंकको लाभांश पारित

सहयात्रा टिभी

काठमाडौं । पुस २३, एनएमबि बैंकले सेयरधनीका लागि वितरण गर्न प्रस्ताव गरेको १५ दशमलव ८ प्रतिशत लाभांश पारित भएको छ ।

बैंकको २६औँ साधारणसभाले आव ०७७/७८ को मुनाफाबाट १२ दशमलव ५० प्रतिशत बोनस सेयर र ३ दशमलव ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले स्वीकृत गरेको बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ पुग्ने जानकारी गराइएको छ । बैंकको ०७८ असार सम्ममा खुद नाफा दुई अर्ब ७१ करोड रुपैयाँ, निक्षेप एक खर्ब ६६ अर्ब र कर्जा एक खर्ब ५८ अर्ब रहेको बैंकले जनाएको छ ।

 

प्रकाशित : 7 January, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्