जडिबुटीको समिश्रण बाट बनेको ओखती ब्राण्ड देशभर लोकप्रिय

काठमाडौं । पुस २३, जडिबुटीको प्रयोगबाट उत्पादन हुँदै आइरहेको ‘ओखती’ ब्राण्डका उत्पादन नेपाली बजारमा लोकप्रिय बनेका छन् आफ्नै मौलिकता र विशेषतालाई ध्यान दिएर ओखती ब्राण्डका साबुनहरु उत्पादन हुँदै आएका छन् ।
नेपालमा पाइने केमोमाइल, बोनो, सिट्रोलेना, लेमनग्रास, तितेपाती, अमला, निम, तेजपत्ता, अदुवा, मेन्था, एलोभरा, धुपी लगायतका जडिबुटीको प्रयोगरी ओखती साबुन उत्पादन हुन्छ ।
सन् २००९ मा स्थापना भएको श्री जयकाली जडिबुटी उद्योगबाट उत्पादित ओखती ब्राण्डका उत्पादन मध्ये उत्कृष्ट उत्पादन बन्न सफल भएको छ ओखती साबुन साबुनसँगै ओखती ब्राण्डमा स्याम्पु, फेसवास, क्लीनजीङ मिल्क, स्क्रव, सन ब्लक बडि लोसन, मोस्चराइजिङ क्रिम लगायतका कस्मेटिक प्रडक्ट पनि बजारमा बिक्री भइरहेका छन् ।
स्वदेशी बस्तु, जडिबुटी, कच्चा पदार्थको प्रयोग गरी तेलहरुको समिश्रणबाट ओखती साबुन तयार हुन्छ,’ दाद, एलर्जी, दुबी लगायत चर्मरोग रोगको लागि उपयोगी ओखती बडि सोपले कपाललाई नरम स्वस्थ बनाइ चायाँ हटाउछ ।
पपैया सोले मृत केशिकालाई पुनर्जीवित गर्छ । शरिरमा आकर्षक गोरोपन ल्याइ केशलाई नरम, चम्किलो तथा बाक्लो बनाइ चायाँ पनि हटाउँछ । ओखती ह्वाइटनिङ पपैया सोपमा भएको पपीनले मृत केशिका पुनर्जीवित गरि त्वचालाई सफा, चम्किलो, गोरोपन ल्याई आकर्षक बनाउने उद्योगले जनाएको छ ।