केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । पुस २३, आजको नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले घटेर रु ९१ हजार ६०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार १०० कायम भएको छ । जसको मूल्य बिहीबार प्रतितोला रु ९१ हजार ८०० तोकिएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २२५ तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित : 7 January, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्