नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

सहयात्रा टिभी

काठमाडौं । पुस २३, नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै थप २४ जनामा ओमिक्रोन पुष्टि भएको जनाएको हो ।

पुस महिनामा संकलित कोरोना भाइरसका ११ सय ४६ पोजेटिभ नमूनाको स्क्रिनिङ गर्दा २५० वटामा एसजीन नेगेटिभ आएको थियो । जसमध्ये २४ जनामा ओमिक्रोन देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित : 7 January, 2022

प्रतिक्रिया दिनुहोस्