कपिलवस्तु जिल्ला अध्यक्षमा शर्मा, यस्तो बन्यो पदाधिकारीको टिम

सहयात्रा टिभी

काठमाडौं । पुस २५, नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा निर्वाचित भएका छन् ।

अध्यक्षका लागि शनिबार भएको मतदानमा २३८ मत ल्याउदै शर्मा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी बाबुराम खनालले १८६ मत ल्याए । तीन जनाबीच भिडन्त भएकामा नेत्र अधिकारीले १०० मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा विश्रामप्रसाद थारु अत्यधिक मतसहित निर्वाचित भएका हुन् । थारुले ३४५ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी हिरालाल पौडेलले १६६ मत प्राप्त गरे ।

यता सचिवमा भने सीवी गहतराज विजयी भएका छन् । उनले विश्व कार्कीलाई २ मत अन्तरले हराए । सचिवमा पुनः मतगणना भएको थियो ।

प्रकाशित : 9 January, 2022

प्रतिक्रिया दिनुहोस्