माओवादीका नेता शक्ति बस्नेत दम्पती पनि कोरोना संक्रमित

काठमाडौं । पुस २५, नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेत र उनकी पत्नीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
आफूसहित दुई जनामा कोरोना संक्रमण देखिएको बारे नेता बस्नेतकी पत्नी सत्या पहाडीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी छन्।
उनले आफूहरूलाई कोरोनाले आक्रमण गरेपछि होम आइसोलेशनमा बसेको बताएकी छन्। उनले लेखेकी छिन्, तेस्रो पटक कोभिडको आक्रमण , हामी दुवैजना होम आइसोलेशनमा।