पहिलो चरणमा १२५ श्रमिक इजरायल जाँदै

सहयात्रा टिभी

काठमाडौं । पुस २८, इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका उम्मेदवारमध्ये पहिलो चरणमा एक सय २५ जना इजरायलका लागि प्रस्थान गर्नेछन्।

वैदेशिक रोजगार विभागले इजरायल जानका लागि छनोट भएका मध्ये एक सय ४३ जनाको इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’का आधारमा एक सय २५ जना पहिलो चरणमा इजरायल प्रस्थान गर्ने भएका हुन्।

वैदेशिक रोजगार विभागका अनुसार भिसा जारी भएकाहरू आउँदो माघ ५ गते इजरायल प्रस्थान गर्नुपर्ने भएकाले मंगलबार नै टिकट बुक गर्न आह्वान गरिएको छ।

विभागका महानिर्देशक दीपक काफ्लेले इजरायलबाट रोजगार सम्झौता प्राप्त भएका उम्मेदवारको भिसा आउन सुरु भइसकेको जानकारी दिए। इजरायल जानका लागि छनोटमा परेका एक सय २५ जनालाई मंगलबार टिकट बुक गरेर अन्य प्रक्रिया सुरु गर्न आग्रह गरे। ‘फस्ट कम फस्ट सर्भिस’ आधारमा टिकट बुक गर्न नसक्नेका हकमा क्रमशः अर्को तीन÷चार दिनपछि अर्को उडानमार्फत जान पाउने पनि उनले जानकारी दिए।

 

प्रकाशित : 12 January, 2022

प्रतिक्रिया दिनुहोस्