कोरोनाले फेरि बिचल्ली बनाउँदै

सहयात्रा टिभी

काठमाडौं । पुस २९, देशभरका नागरिकहरु उपत्यकामा बस्न रुचाउँछन् । र उनीहरु बस्छन् पनि  पढ्न, रोजगारी र अन्य आवश्यकतालाई नियाल्दै उनीहरु काठमाडौंमा बस्छन् ।

यता, सरकारले बिदासँगै मिलान हुने गरी आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गरिसकेको छ । बालबच्चाको विद्यालय बन्द भएर भन्दा पनि कोरोनाको त्रासले उपत्यका छाड्नेहरु बढी भेटिन्छन् ।

राजधानीको नयाँ बसपार्कमा टिकट काट्ने मान्छेको संख्या पहिलेको भन्दा निकै नै बढेको देखिन्छ । नयाँ बसपार्कमा नै टिकटको अभाव देखिन थालेको छ । कंलकीबाट बाहिरी जिल्लामा जाने सर्वसाधारणको भीड उत्तिकै छ ।

बल्खुबाट पनि मानिसहरुले उपत्यका छोडेका छन् । कोटेश्वर, जडीबुटी, गठ्ठाघर, सूर्यविनायकमा पनि उपत्यका छाड्नेको भीड छ । तर गाडी चढ्न स्टपमा बसेकाहरुको मुखमा मास्क छैन ।

 

प्रकाशित : 13 January, 2022

प्रतिक्रिया दिनुहोस्