विश्वमा एकैदिन साढे ३१ लाख कोरोना संक्रमित थपिए

सहयात्रा टिभी

काठमाडौं । पुस २९, विश्वभर कोरोना भाइरसको महामारी तीव्र रुपमा बढेको छ ।

बुधबार एकै दिन ३१ लाख ५० हजार बढी संक्रमित थपिएका छन् । एकैदिन आठ हजार बढीको ज्यान गएको छ । १० लाख ६४ हजारलाई मात्र निको भएको छ ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा थपिएका छन् । बुधबार एकैदिन ८ लाख १४ हजार ४९४ संक्रमित थपिएको वल्डोमिटरर्सले जनाएको छ । २ हजार १६९ जना संक्रमितको ज्यान जाँदा १ लाख ३२ हजार ८८३ जनालाई मात्र निको भएको छ । सक्रिय संक्रमित २ करोड ६७ लाख २ हजार ७२२ पुगेका छन् ।

भारतमा बुधबार अढाई लाखको हाराहारीमा संक्रमित थपिएका छन् । ६ जनवरीदेखि दैनिक एक लाख संक्रमित थपिएकामा बुधबार १२ जनवरीसम्म आइपुग्दा २ लाख ४५ हजार ५२५ संक्रमित थपिएका हुन् । जम्मा ८४ हजार ४७९ जनालाई निको हुँदा ३७९ जनाको ज्यान गएको छ ।

प्रकाशित : 13 January, 2022

प्रतिक्रिया दिनुहोस्