केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । पुस २९, आजको नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको पाइन्छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार रु ५०० बढेर ९२ हजार ५०० रुपैयाँ पुगेको हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार छापावाल सुन तोलाको ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

प्रकाशित : 13 January, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्