केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माघे संक्रान्तिमा तरुलको बजार

सहयात्रा टिभी

काठमाडौं । पुस ३०, माघे संक्रान्ति नजिकिए सँगै उपत्यकामा ठूलो परिमाणमा तरुल भित्रिन थालेको छ ।

माघे संक्रान्तिमा तरुलको उपभोग धेरै हुने भएकाले पर्याप्त भित्रिएको हो । स्वदेशभित्रको र विदेशबाट गरी एक हजार ५ सय ७ क्विन्टल तरुल भित्रिएको जानकारी पाइयो ।

कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा गत वर्षको तुलनामा तरुलको व्यापार बढेको छ । कालिमाटी बजारमा प्रतिकेजी ४० रुपैयाँदेखि २ सय रुपैयाँ मूल्यको तरुल पाइन्छ ।

समितिका अनुसार कालिमाटी बजारमा सगरखण्ड प्रतिकेजी ५० रुपैयाँ, सजिवन २ सय ८० र पिँडालु प्रतिकेजी ४० रुपैयाँ होलसेल मूल्य निर्धारण गरिएको छ । अन्य तरुलको मूल्य भने समितिले निर्धारण गरेको छैन ।

व्यवसायीका अनुसार घर तरुल प्रतिकेजी १ सय रुपैयाँ र वन तरुल प्रतिकेजी २ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

प्रकाशित : 14 January, 2022

प्रतिक्रिया दिनुहोस्