भारतमा २ लाख ६४ हजार संक्रमित थपिए

सहयात्रा टिभी

काठमाडौं । पुस ३०, पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६४ हजार २०२ जना संक्रमित थपिएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधीमा थप ३१५ जना संक्रमणले मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ९ हजार ३४५ जना निको भएका छन् ।

आजको संक्रमण दर बिहीबारभन्दा ६.७ प्रतिशतले बढी रहेको जनाइएको छ । त्यहाँ सक्रिय संक्रमण संख्या १२ लाख ७२ हजार पुगेको छ ।

भारतको दैनिक संक्रमणदर १४.७८ प्रतिशत पुगेको छ । भारतमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको संख्या ५७५३ पुगेको छ ।

प्रकाशित : 14 January, 2022

प्रतिक्रिया दिनुहोस्