बलम्बु अस्पतालका स्टाफलाई कोरोना संक्रमण

काठमाडौं । माघ ३, बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा कोरोना संक्रमण देखिएको छ । सोमबारसम्ममा ३२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।
कोरोना संक्रमणको लहर तीव्र गतिमा फैलिँदै गर्दा उपचारमा संलग्न स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी डाक्टर प्रविन नेपालले जानकारी दिएका छन् ।
उनले भने, ‘हालसम्म ३२ जनालाई कोरोना संक्रमण देखिइसकेको छ । अझै थपिने सम्भावना पनि छ । यस्तो भएमा निकट भविष्यमा उपचारमा नै समस्या हुन सक्नेछ ।’
उनका अनुसार स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि हुँदा ड्युटी रोटेसनमा समस्या भएको छ ।