केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनचाँदीको मुल्य

सहयात्रा टिभी

काठमाडौं । माघ ४, आजको नेपाली बजारमा सुनको मुल्य सामान्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलामा १ सयले बढेर ९२ हजार ६०० पुगेको छ ।

यसअघि सोमबार सुन तोलाको ९२ हजार ५०० सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन तोलाको ९२ हजार १०० सयमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदीको मुल्य तोलाको १२ सय ५५ मा कारोबार भैरहेको महासंघले जानकारी दिएको छ । यसअघि सोमबार पनि चाँदी तोलाको १२ सय ५५ मा नै कारोबार भएको थियो ।

प्रकाशित : 18 January, 2022

प्रतिक्रिया दिनुहोस्