केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लुम्बिनी विकास बैंकको शाखा बिस्तार

सहयात्रा टिभी

काठमाडौं । माघ ४, लुम्बिनी विकास बैंकले दाङ र बुटवलमा थप नयाँ शाखा बिस्तर गरेको छ ।

बैंकले लुम्बिनी प्रदेशअन्तर्गत दाङको तुल्सीपुर उप–महानगरपालिका–५ र रुपन्देहीको बुटवलउप–महानगरपालिका–४ ट्राफिक चोकमा शाखा बिस्तार गरेर सेवा सुरु गरेको हो ।

दुईवटा नयाँ शाखाहरुको बिस्तारसँगै बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखामार्फत पुस मसान्तसम्ममा ४२ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरि ३८ अर्ब ७३ करोड कर्जा लगानी गरेको जनाएको छ ।

बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ३१ जिल्लामा ७९ शाखा र १७ वटा एटीएमबाट ३ लाख ८० हजार ग्राहकलाई सेवा दिँदए आएको जनाएको छ ।

प्रकाशित : 18 January, 2022

प्रतिक्रिया दिनुहोस्