खोप केन्द्रमा बढ्यो भीड

काठमाडौं । माघ ४, उपत्यकाका खोप केन्द्रहरूमा कोभिड १९ विरुद्धको खोप लगाउनेहरूको भीड बढेको छ।
कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेसँगै सरकारले ब्याङ्क, सरकारी कार्यालय लगायत ठाउँमा जान खोप कार्ड अनिवार्य गरेपछि खोप लगाउनेहरू बढेका हुन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा पनि खोप लगाउन गएकाहरूको मंगलबार भीड देखियो।
सरकारले अहिले खोपको पहिलो, दोस्रो र अतिरिक्त मात्रा सबै अस्पतालहरूबाट दिइरहेको छ। टेकु अस्पतालका प्रशासन प्रमुख अनुसार, सबैलाई खोप दिइरहेका कारण अस्पतालमा भीड बढेको छ।