हिमानी ट्रस्ट युएसको उद्घाटन गर्न हिमानी शाह अमेरिकामा

काठमाडौं । माघ ५, अमेरिकामा रहेका नेपालीले खोलेको हिमानी ट्रस्ट युएसको उद्घाटन गर्न पूर्व युवराज्ञी हिमानी शाह बुधबार वासिंगटन डिसी पुग्नुभएको छ ।
‘नेपालमा लोककल्याणकारी संस्थाका रुपमा नाम कमाइसकेको हिमानी ट्रस्ट नामक संस्थाको अमेरिकास्थित च्याप्टरको समुद्घाटनका लागि हिमानी ट्रस्टका संरक्षकस्वयं हिमानीराज्यलक्ष्मीदेवी शाह अमेरिका आउनुभएको छ’ मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो ।
पूर्व युवराज्ञी शाहलाई स्वागत गर्न क्यालिफोर्नियाबाट डिसी पुगेका पाण्डे, चीन थापा, नारायण सोमनामे र रविसिंह बस्नेतका अनुसार ट्रस्टको अमेरिका च्याप्टरको उद्घाटन समारोहमा सरिक हुन विभिन्न स्टेटबाट स्थानीय च्याप्टरका एम्बेसेडरहरु भेला हुनेक्रम जारी छ ।