चितवनमा १ सय १७ स्वास्थ्य कर्मीलाई कोरोना संक्रमण

काठमाडौं । माघ ५, चितवन जिल्लामा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरू नै कोरोना संक्रमित भएका छन् ।
चितवनका विभिन्न अस्पतालमा कार्यरत डाक्टर, नर्सलगायत १ सय १७ जना स्वास्थ्यकर्मीलाई कोरानो पुष्टि भएको हो।
भरतपुर अस्पतालमा ३७ जना, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ४० जना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको हो।
चितवन मेडिकल कलेजका ३० जनामा कोरोना पुष्टि भएको र पुरानो मेडिकल कजेलका १० जनामा कोरोना पुष्टि चितवन स्वास्थ्य कार्यालयले जनाकारी दिएको छ।
संक्रमित सबै चिकित्सक स्वास्थ्यकर्मीको अवस्था सामान्य रहेको र उनीहरू होम आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालयले दिएको छ। ठूलो संख्यामा स्वास्थ्यकर्मीहरू नै संक्रमित हुन थालेपछि सेवा प्रवाहमा समस्या पैदा भइरहेको छ।