केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतमा बिक्री भयो एक करोड होन्डा साइन १२५

सहयात्रा टिभी

काठमाडौं । माघ ५, होन्डाले भारतमा एक करोड होन्डा साइन १२५ बिक्री गरेर नयाँ रेकर्ड बनाएको छ।

जापानी अटो निर्माण कम्पनी होन्डाले भारतीय बजारमा सन् २००६ देखि १२५ सिसीको साइन बिक्री सुरु गरेको हो। सन् २०२० सम्म आइपुग्दा यसले ९० लाख साइन बिक्री गर्‍यो। होन्डा इन्डियाका अनुसार सन् २०२२ को जनवारीसम्ममा भने कम्पनीले एक करोड युनिट साइन बिक्री गरेको हो।

कम्पनीका अनुसार भारतीय बजारको ५० प्रतिशत हिस्सा होन्डा साइन १२५ले ओगटेको छ। बाइकमा भएको विशेषताहरू र मूल्यका कारण पनि यो बाइकको माग र बिक्री बढी हुने कम्पनीको अनुमान छ। यसलाई मिड(रेन्ज बाइक भन्न सकिन्छ। भारतीय बजारमा यसको मूल्य जम्मा ७२ हजार ८ सय रुपैयाँदेखि तोकिएको छ। नेपालमा भने साइन १२५ को सुरुवाती बजार मूल्य दुई लाख ३५ हजार तोकिएको छ।

१२४ सिसी डिस्प्लेसमेन्ट भएको होन्डा साइनले ७,५०० आरपिएममा अधिकतम ७२ बिएचपी पावर र ६,००० आरपिएममा १०.९ एनएम टर्क जेनेरेट गर्छ। यसमा पाँच(स्पिड गियरबक्स छ। बाइकमा १०.५ लिटरको इन्धन क्षमता छ।

 

प्रकाशित : 19 January, 2022

प्रतिक्रिया दिनुहोस्