परीक्षा स्थगित गर्न माग गर्ने परीक्षार्थी र प्रहरी बीच झडप

काठमाडौं । माघ ५, कोरोना महामारीको कारण परीक्षा स्थगित हुनुपर्ने माग गर्दै परीक्षार्थीले बुधबार बुद्धनगर स्थित कान्तिपुर कलेजमा प्रदर्शन गरेका छन् । त्यस क्रममा प्रहरीसँग झडप पनि भएको छ ।
प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।
उनीहरु बाहिरको मान्छे भएको बुझिएको छ। परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ एसपी मैनालीले भने । प्रदर्शनकारीले प्रहरीको गाडीमा हानेपछि दुई पक्षबीच झडप भएको बुझिएको छ ।