एमाले अधिवेशनःनिर्वाचनको नतिजा स्वीकार

काठमाडौं । माघ ६, पार्टी भनेको फहराइरहेको झण्डा हो । बाँकी दिनहरू हेर्ने र पर्खिने पक्षमा छु’, जाजरकोट एमाले उपाध्यक्षमा पराजित भएपछि नवराज सिंहले लेखेका छन् ।
जिल्ला अध्यक्ष निर्वाचित खिमबहादुर शाहीलाई बधाई दिँदै सिंहले खबरदारी पनि गरेका छन् । निर्विरोध नेतृत्व चयनको प्रयत्न सफल नभएपछि जाजरकोट जिल्ला नेतृत्व चयन गर्न खिमबहादुर र करबीर शाहीले प्यानल बनाएरै प्रतिस्पर्धा गरेका थिए ।
करबीरको प्यानलबाट सिंह उपाध्यक्षका प्रत्यासी थिए । तर इतर प्यानलका गोपाल बटालासँग पराजित भए । चुनावी परिणाम स्वीकार्दै सिंहले सामाजिक सञ्जालामा थप लेखेका छन्, आफूले भनेको मान्नेहरू मात्रै कार्यकर्ता हुन् ।
बहस छलफल गर्ने र असहमति राख्नेलाई दुश्मनको व्यवहार गर्ने तरिकाले पार्टी एउटा प्राइभेट लिमिटेड कम्पनीमा रूपान्तरण भएर जानेछ ।
एमालेले यसपटक जिल्ला नेतृत्व चयन सकभर निर्विरोध गर्न निर्देशन दिएको थियो । तर जाजरकोटमा चुनावी प्रतिश्पर्धा भयो, पराजित हुनेले परिणाम स्वीकार गरे ।
जाजरकोटसहित सुर्खेत, कास्की, कैलाली, कञ्चनपुर, अछाम, ताप्लेजुङ, कपिलवस्तु, बागलुङ लगायत २२ जिल्लामा मतदानबाट नेतृत्व चयन भएका छन् ।