भारतमा एकैदिन ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण

सहयात्रा टिभी

काठमाडौं । माघ ६, भारतमा एकैदिन ३ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप ३ लाख १७ हजार ५ सय ३२ जना संक्रमित भएका छन् ।

दिल्लीमा कोरोना परीक्षणका लागि स्वाब संकलन गर्दै स्वास्थ्यकर्मी । तस्बिर स् रोयटर्स बुधबार परीक्षण गरिएका १६.४१ प्रतिशतको रिपोर्ट पोजिटिभ आएको हो । बुधबार १९ लाख ३५ हजार १ सय ८० नमुना परीक्षण गरिएको थियो । मंगलबार २ लाख ८२ हजार ९ सय ७० जना संक्रमित भएका थिए ।

भाइरसको संक्रमणका कारण गत २४ घण्टामा थप ४ सय ९१ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कोभिडका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ८७ हजार २ सय २ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै भारतमा सक्रिय संक्रमितको संख्या १९ लाख २४ हजार ५१ रहेको छ । भारतमा पछिल्लो समय ओमिक्रोन भेरिएन्टको संक्रमण पनि तीव्र बन्दै गएको छ । हालसम्म ९ हजार २ सय ८७ जना ओमिक्रोनबाट संक्रमित भएको मन्त्रालयले जानकारी दिएको छ ।

भारतले अहिलेसम्म १ अर्ब ५९ करोडभन्दा बढी डोज खोप लगाइसकेको छ ।

प्रकाशित : 20 January, 2022

प्रतिक्रिया दिनुहोस्