पेट्रोलियम पदार्थको मुल्यबृद्धी फिर्ता गरः ने.बि.संघ

सहयात्रा टिभी

काठमाडौं । माघ ६, नेपाल आयल निगमले बुधबार पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेकोमा नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ।

कोरोना भाइरसको तेस्रो लहरको महामारीमा पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढाएको विरोध गर्दै संघले तत्काल मुल्यबृद्धी फिर्ता गर्न माग गरेको हो ।

कोरोना भाइरस  तेस्रो लहरको महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्ता लाई सर्वसुलभ सेवा, सहुलियत र राहतको जरुरत रहेकोमा उल्टो थप पीडा दिने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि प्रति नेपाल विद्यार्थी संघले घोर भत्र्सना गरेको छ ।  नेविसंघले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

पेट्रोलियम पदार्थमा मुल्यवृद्धि भएबाट पुनःसबै क्षेत्रमा चर्को मुल्यबृद्धी हुने भन्दै आहतमा राहत दिनुपर्नेमा कर र कमिसनमा लिप्त निगम जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको महामन्त्री बलदेव तिमल्सिनाले बताए ।

रिपोर्टर्स नेपालसँग कुरा गर्दै तिमल्सिनाले निगमले स्वचालित मूल्य प्रणालीको हवाला दिइए पनि कालो बजारी र चुहावट नियन्त्रण, संकटको समयमा प्रयोग गर्न मिल्ने मुल्य स्थिरिकरण कोषमा संचित रकमको उपयोग, अनावश्यक करहरुको शिर्षक कटौती तर्फ निगमले कुनै पहल नै नगरी संकट र महामारीकै बीच पटक–पटक गरिएको मुल्यबृद्धि जनबिरोधी कार्य भएको जिकिर गरे ।

अत्यावश्यकिय उपभोग्य बस्तु माथी पटक–पटक गरिएको मुल्य वृद्धिले उपभोक्ताले चरम पिडा खेप्नुपर्ने भन्दै सरकारलाई उक्त मुल्यवृद्धि तत्काल फिर्ता गर्न उनले माग गरेका छन् ।

प्रकाशित : 20 January, 2022

प्रतिक्रिया दिनुहोस्