‘म यस्तो गीत गाउँछु–२’ स्थगित

सहयात्रा टिभी

काठमाडौं । माघ ६, अभिनेत्री पूजा शर्माले निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ को प्रदर्शनी दोस्रोपटक पनि स्थगित भएको छ ।

यो चलचित्रलाई यही १९ माघबाट देशव्यापी रिलिज गर्ने तयारी भईरहेको थियो । कोरोना भाइरसको तेस्रो लहर मुलुकमा आएपछि यतिबेला देशभरका सिनेमा हल बन्द छन् ।

दिनदिनै कोरोना संक्रमण बढ्नुका साथै सिनेमा हल पनि बन्द रहेको अहिलेको अवस्थामा १९ माघमा अब यो चलचित्र रिलिज गर्न नसकिने अभिनेत्री पूजाले बताएकी छन् ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्माले यो चलचित्रको १९ माघको रिलिज कार्य हाललाई स्थगित गरिएको बताएका छन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘माघ–१९ गते प्रदर्शन हुन लागेको चलचित्र ‘म यस्तो गति गाउँछु–२’ को तर्फबाट हामीले पनि आम जनमानसको स्वास्थ्यलाई ध्यानमा राख्दै कोरोना भाइरसबाट कसैलाई असर नहोस् भनेर नेपाल सरकारको कदममा कदम मिलाउँदै अर्को सूचना नआउँदासम्मलाई यो चलचित्र प्रदर्शन नगर्ने निर्णय गरेका छौं ।’

‘म यस्तो गीत गाउँछु–२’ योसहित दोस्रोपटक प्रदर्शनी स्थागित भएको हो । यसअघि २०७६ फागुनको अन्तिम साता यो चलचित्र रिलिजको मिति तोकिएको थियो । त्यतिबेला नेपालमा कोरोना सुरु भएपछि यो चलचित्रको प्रदर्शनी स्थागित गरिएको थियो ।

प्रकाशित : 20 January, 2022

प्रतिक्रिया दिनुहोस्