जुम्लामा फैलियो ओमिक्रोन

काठमाडौं । माघ ६, कोरोना संक्रमणको दोस्रो लहरमा जुम्लाले मानवीय क्षति बेहोर्नुपरेको थियो । पहिलो लहरमा मानवीय क्षति हुनबाट जोगिएको जुम्लाले संक्रमणको दोस्रो लहरमा २३ जनालाई गुमाएका थिए ।
दोस्रो लहरमा ज्यान गुमाएका २३ जनामध्ये बढी ज्येष्ठ नागरिक थिए । कोरोना संक्रमण तेस्रो लहर पनि जुम्लामा फैलिइसकेको छ । कोरोना संक्रमणको परीक्षणमा ८ जना संक्रमण देखिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक राजीव शाहले कोरोनाको तेस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि प्रतिष्ठान तयारी अवस्थामा रहेको जानकारी दिए ।
प्रतिष्ठानमा १२० वटा आइसोलेसन बेड तयारी अवस्थतामा छन् । आईसियू बेड, अक्सिजन पनि तयारी अवस्थामा छन् । प्रतिष्ठानमा पिसिआर किट अभाव छ । त्यसका लागि सम्बन्धित ठाउँमा माग गरेका छौँ ।’ अहिले जुम्लामा ८ जना कोरोना संक्रमित छन् । ३ वर्षका १ जना बच्चा सहित ८ जना संक्रमित छन् । बच्चाको प्रतिष्ठानमा उपचार भइरहेको उनले बताए ।