लिभरपुल फाइनलमाःउपाधिका लागि चेल्सीसँग खेल्ने

सहयात्रा टिभी

काठमाडौं । माघ ७, डिएगो जोटाले दुई गोल गरेपछि आर्सनललाई २.० ले पराजित गर्दै लिभरपुल इंग्लिस लिग कप काराबाओको फाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । बिहीबार राति आर्सनलको मैदानमा भएको खेल जितपछि समग्रमा २.० को जितसहित लिभरपुल फाइनल पुगेको हो । लिभरपुलले अब उपाधिका लागि फेब्रुअरी २७ मा चेल्सीसँग वेम्बलीमा फाइनल खेल्नेछ ।

लिभरपुलको जितमा जोटाले खेलको दुवै हाफमा गोल गरे । अफ्रिकन अफ नेसन्स खेल्न गएकाले मोहम्मद सालाह र साडियो माने टिममा नभए पनि पोर्चुगलका जोटाले उत्कृष्ट प्रदर्शन गरे । जोटाले १९औं र ७७औं मिनेटमा गोल गरे । दुवै गोलका लागि ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले सहयोग गरे ।

खेलको ९० औं मिनेटमा आर्सनलका थोमस पार्टे रातो ९दोहोरो पहेँलो०कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

प्रकाशित : 21 January, 2022

प्रतिक्रिया दिनुहोस्