केपी शर्मा ओलीलाई कोभिड

काठमाडौं । माघ ९, एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले ओलीलाई कोभिड भएको पुष्टि गरे।
मुख्य विपक्षी दलका नेता समेत रहेका ओलीको स्वास्थ्य टीमसम्बद्ध चिकित्सकका अनुसार ओली र उनकी श्रीमती राधिका शाक्य दुवै सङ्क्रमित छन् र उनीहरू बालकोट स्थित निवासमा एकान्तवासमा रहेका छन्।
ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। के ओमिक्रोन मत्थर भएपछि कोभिड महामारी पनि अन्त्य होला
कोरोनाभाइरसका नयाँ(नयाँ भेरिअन्टस् के खोप अझै प्रभावकारी छन् ओमिक्रोनस् हालसम्मकै सर्वाधिक तीव्र गतिमा फैलिरहेको कोभिड(१९ भेरिअन्टका लक्षण के हुन्रु ।
यस अघि नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत विभिन्न दलका केन्द्रीय तहका नेताहरूलाई पनि कोभिड सङ्क्रमण भएको थियो।
पहिलो र दोस्रो लहरमा भने राजनीतिक दलका उच्च तहका नेताहरू कम मात्र सङ्क्रमित भएका थिए। महामारी जारी रहेका बेला एमाले लगायत प्रमुख राजनीतिक दलले ठूलो सङ्ख्यामा देशभरका आफ्ना कार्यकर्ता सम्मिलित गरेर महाधिवेशन समेत सम्पन्न गरेका थिए।
लगातार पाँचौँ दिन १० हजारभन्दा बढीलाई कोभिड, १६ जनाको मृत्यु मौसमी रुघाखोकी कि कोभिडका लक्षण उस्तै, कसरी छुट्टाउनेरु
ओमिक्रोन सङ्क्रमण कति दिनसम्म अरूलाई सर्न सक्छरु
महामारीका बीच नेताहरूले राजनीतिक गतिविधि जारी राखेको भन्दै आलोचना हुने गरेको थियो।
अहिले नेताहरूले दोस्रो मात्रा कोभिड खोप लगाइसकेको र कतिपयले त तेस्रो बूस्टर मात्रा पनि लगाइसकेकाले उनीहरूमा कडा लक्षण देखिने गरेको छैन।