केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । माघ ९, साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला तीन सयले घटेको छ ।

गत साताको अन्तिम दिन शुक्रबारको तुलनामा चालु साताको पहिलो दिन आइतबार तोलामा तीन सयले घटेर छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघअनुसार गत साताको अन्तिम दिन शक्रबार छापावाल सुन तोलाको ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आइतबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित : 23 January, 2022

प्रतिक्रिया दिनुहोस्