प्रियंका चोपडा बनिन् आमा

सहयात्रा टिभी

काठमाडौं । माघ ९, बलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसी भाडाको कोखको सहयोगमा आमा बनेको खबर यसअघि नै सार्वजनिक भइसकेको छ ।

अमेरिकी गायक तथा अभिनेता निक जोनासकी पत्नी प्रियंकाले शुक्रबार इन्स्टाग्राम मार्फत आफूहरू बाबु–आमा बनेको जानकारी दिएकी हुन्।

तर उनले छोरा वा छोरी के भएको हो र कहिले जन्म भएको हो आदि विस्तृत जानकारी इन्स्टाग्राममा दिएकी छैनन्।

यसैबीच भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले भने उनीहरूको छोरी भएको र समयभन्दा १२ साताअघि नै जन्मिएको खबर सार्वजनिक गरेको छ। यसैकारण बच्चालाई अस्पतालमै राखिएको इन्डिया टुडेले उल्लेख गरेको छ ।

इन्डिया टुडेले लेखेको छ, ‘जाकारी अनुसार निक र प्रियंकाकी छोरी १२ साताअघि नै जन्मिएकी हुन्। उनको जन्म साउदर्न क्यालिफोर्निया अस्पतालमा भएको हो र उनी स्वस्थ नहुन्जेल अस्पतालमै राखिनेछ।’

प्रकाशित : 23 January, 2022

प्रतिक्रिया दिनुहोस्