खुल्यो तराईबाट चीन जोड्ने ढोका

काठमाडौं । माघ ११, कालिकोटको पलाँता गाउँपालिकाका उमेश बमले गाउँमै दैनिक उपभोग्य वस्तुको पसल सञ्चालन गरेका छन्। अघिल्लो महिनासम्म पसलमा एक लिटर खाने तेल किन्दा २५० रूपैयाँ पर्थ्यो।
तराईबाट कर्णाली राजमार्ग हुँदै खाद्यवस्तु गाउँसम्म पुर्याउन भरिया लगाउनु पर्थ्यो। कर्णाली राजमार्ग र कर्णाली करिडोर जोड्न कर्णाली नदीमा पुल थिएन। तर अहिले पुल बनेर सञ्चालनमा आएपछि सबै कुरा सहज र सामान पनि सस्तो भएको छ। ‘अहिले कर्णाली नदीमा पुल सञ्चालनमा आएपछि सुर्खेतमा लोड गरिएको सामान घरनजिकै आउँछ,’उनले भने, ‘दैनिक उपभोग्यदेखि निर्माण सामग्रीसम्म अहिले सस्तो भएको छ।’