अत्यावश्यक कामबाहेक बाहिर निस्कन रोक

सहयात्रा टिभी

बैतडी । माघ ११, कोरोना संक्रमणको जोखिम बढेपछि त्यसको रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बैतडीले ११ बुँदे आदेश जारी गरेको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार ११ बुँदे आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेद्वारा हस्ताक्षरित आदेशमा उल्लेख गरिएको छ ।

जारी आदेशअनुसार अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनिएको छ । जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न कोभिडविरुद्धको खोपकार्ड अनिवार्य गरिएको छ ।

धार्मिक वा सांस्कृतिक ठाउँहरुमा जात्रा, विवाह, व्रतवन्ध, मृत्यु संस्कारलगायतका अन्य अत्यावश्यक सामाजिक कार्यहरु सञ्चालन गर्दा बढीमा २५ जना मात्रै उपस्थित हुन पाउने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी कार्यक्रम सञ्चालन गर्न आदेशमा भनिएको छ ।

सार्वजनिक यातायातको हकमा सिट क्षमताभन्दा बढी नराख्ने, चालक र सहचालकले अनिवार्य मास्क र फेससिल्ड लगाउनुपर्ने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने जनाइएको छ ।

प्रकाशित : 25 January, 2022

प्रतिक्रिया दिनुहोस्