केपी ओली प्रचण्ड माधव नेपाल एमाले


किलोको २२ रुपैयाँमा पनि बिकेन अदुवा

सहयात्रा टिभी

काठमाडौं । माघ १२, बन्गाड कुपिण्डे  ९ सेराका भद्रबहादुर बुढाथोकीले गत वर्ष १० क्विन्टल अदुवा उत्पादन गरेर ३० रुपैयाँ प्रतिकिलो घरबाटै सजिलै बिक्री गरे ।

यो वर्ष सात रोपनी जग्गामा उनले १५ क्विन्टल भन्दा बढी अदुवा फलाएका थिए । उनले यो वर्ष उत्पादन गरेको अदुवामध्ये अहिलेसम्म जम्मा पाँच क्विन्टल मात्र बिक्री गर्न सकेका छन् ।

खरिदकर्ता कोही नआउँदा र स्थानीय गल्ला ब्यापारीले पनि २२ रुपैयाँ प्रतिकिलोमा पनि लिन नचाहेपछि उनले उत्पादन गरेको धेरै अदुवा सुटो बनाएका छन् ।

सिद्धकुमाख गाउँपालिका दहका धनबहादुर बस्नेतले खरिदकर्ता नआएकै कारण लगातार तीन वर्षयता अदुवा बिक्री गर्न कठिनाइ भएको गुनासो गरे ।

अदुवा बिक्री नहुँदा घरखर्च जुटाउन समस्या हुँदै आएको उनले बताए । खाद्यबाली लगाउन छाडी व्यावसायिक अदुवा खेतीमा लागेका उनले यो वर्ष १५ क्विन्टल अदुवा उत्पादन गरेपनि अहिले २२ रुपैयाँ प्रति किलोका दरले तीन क्विन्टल नगदमा बिक्री गरे भने तीन क्विन्टल उधारोमा दिएको बताए ।

कोल्डस्टोरको अभावमा उत्पादित अदुवा सुक्दै गएको छ । त्यत्तिकै खेर जानुभन्दा सुटो बनाउने तयारी गरेको उनले बताए । उनले भने, सुटो पनि बिक्दैन, गत वर्ष बनाएको दुई क्विन्टल सुटो मूल्य नपाएकै कारण त्यत्तिकै थन्किएको छ । अदुवा उत्पादन गरेर घरखर्च नचल्ने भएपछि यो खेती नै छाड्ने उनको तयारी छ ।

 

प्रकाशित : 26 January, 2022

प्रतिक्रिया दिनुहोस्