पहिलो गीत बाटै चर्चामा आएकी युवा गीतकार

काठमाडौं । माघ १३, साहित्य र सिर्जनाले स्वभावतः सबै जिन्दगीमा महत्त्वपूर्ण भूमिका खेलिदिन्छ। जो कोहीलाई पनि साहित्यले मोहित बनाउँछ।
आफूले भोगेका र देखेका कुरा भलै जिन्दगीमा सबैले अक्षरमार्फत सार्वजनिक गर्दैनन्। नलेख्दैमा वा सार्वजनिक नगर्दैमा ऊ साहित्यभन्दा पर हुन्छ भन्ने हुँदैन।
अहिलेकी चर्चित युवा गीतकार प्रभा बर्तौलालाई पनि साहित्यमा रुचि थियो तर आफ्नो सिर्जनाले श्रोतामाझ चिनाउँछ भन्ने सोचेकी पनि थिइनन्।
जिन्दगी अस्वभाविक घटना र परिघटनाको जोड घटाउ हो। उनले सिर्जना गरेका गीतले नै उनलाई एउटा सफल गीतकारका रूपमा चिनाइदियो।
ुजिन्दगीमा नसोचेका सपना पूरा हुन्छन्। कतिपय सपना अधुरा बनिदिन्छन्। मलाई मेरो सिर्जना आमदर्शकले रुचाउँछन् भन्ने नै थिएन तर मिहिनेत गरियो भने त्यो सपना पनि विपना बनिदिँदो रहेछु, प्रभा भन्छिन्।