केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । माघ १३,  आजको नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुन तोलामा ९०० रुपैयाँले घटेको हो ।

बुधबार तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै तेजाबी सुन तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १३०० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर १२९० रुपैयाँमा कारोबार भएको हो ।

प्रकाशित : 27 January, 2022

प्रतिक्रिया दिनुहोस्