बैँकमै फेला पर्‍यो नक्कली नोट

सहयात्रा टिभी

काठमाडौं । माघ १४, संखुवासभाको मकालु गाउँपालिकामा अवस्थित सिद्धार्थ बैँकमा नक्कली नोट फेला परेको छ।

स्थानीय नुम बजारमा रहेको सिद्धार्थ बैंकको शाखा कार्यालयमा नक्कली नोट फेला परेको हो।

स्थानीय एक महिलाले जम्मा गर्न ल्याएको नगदको बिटोमा एक हजारको एउटा नक्कली नोट नक्कली फेला परेको सिद्धार्थ बैंक नमु शाखाका सहायक प्रबन्धक दिलबहादुर विश्वकर्माले जानकारी दिए।

‘नोटलाई कलर प्रिन्ट गरिएको छ। अन्य नोट भन्दा अलि सानो आकार भएकाले सजिलै पत्ता लाग्यो,’ विश्वकर्माले भने।

नक्कली नोट फेला परेपछि प्रहरीले ती महिलालाई केन्द्रमा राखेर अुनसन्धान अघि बढाएको छ।

प्रकाशित : 28 January, 2022

प्रतिक्रिया दिनुहोस्